तपाईँ सुन्दै हुनुहुन्छः

गेटामा एमबिबिएस पढाइ सुरु गर्ने तयारी भइरहेको छ : मन्त्री पौडेल

धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सहिद दशरथ चन्द मेडिकल विश्वविधालय गेटामा चालु आर्थिक बर्षभित्रै मेडिकल चिकित्सा शिक्षा (एमविविएस) पढाई हुने गरि तयारी भईरहेको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले पूर्वाधारका संरचना निर्माण सम्पन्न भएको गेटामा मेडिकल चिकित्सा शिक्षा अध्यनका लागि ३ सय शैयाको अस्पताल संचालन गर्न लागिएको बताउनुभयो ।

मन्त्री पौडेलले पहिलो चरणमा ५० जनालाई अध्यन गर्ने ब्यवस्थाका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले ले क्यान्सरसहित विभिन्न ८ वटा जटिल रोगका विारामीका लागि पहिलो पटक ३ लाख बराबरको स्वास्थ्य उपचार सेवा सुविधाको प्रबन्ध गरिएको बताउनुभयो ।

उहाँले विश्व स्वास्थ्य संगठनले नेपाललाई रुवेलामुक्त देश घोषणा गर्नु स्वास्थ्य क्षेत्रका लागि उल्खेनिय उपलब्धी भएको र त्यस कार्यमा स्वास्थ्यकर्मीको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button