एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० गते सुरु हुने
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने भएको छ ।
पोखरामा लिग आयोजनाका लागि लाई राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति प्राप्त भएको आयोजकले जनाएको छ । आयोजकले यसको जानकारी नेपाल भलिबल सङ्घलाई गराइसकेको छ । प्रतियोगितामा कर्णाली यश्विस, ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेश युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाजले प्रतिस्पर्धा गर्नेछन् ।
लुम्बिनी नयाँ टोली हो भने गत वर्ष गण्डकी थन्डर्सको नामले सहभागिता जनाएको फ्रेन्चाइज टोलीको नाम परिवर्तन भएर पोखरा निन्जाज बनेको छ । पहिलो संस्करणमा सहभागिता जनाएको चितवन शक्ति भने यस पटक हुने छैन ।








प्रतिक्रिया राख्नुहोस्