नेपालले विश्व बजारमा अटोमोबाइल पठाउन सक्छ : प्रधानमन्त्री ओली
'मिथेन ग्यासको व्यावसायिक उत्पादन आगामी वर्षदेखि सुरु हुने'
काठमाडौँ । सरकारले नेपालमा पत्ता लागेको मिथेन ग्याँसको उत्पादन आगामी वर्षदेखि सुरु गर्ने भएको छ ।

१७ औँ नाडा अटो शोको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सय १२ अर्ब मिथेन ग्याँस आगामी वर्षदेखि व्यावसायिक उत्पादन गर्ने गरी सरकारले तयारी गरेको बताउनुभयो ।
विश्वमा आएको उच्चतम प्रविधिको प्रयोग गरी नेपालले पनि अटो मोवाइल्सका नयाँ उत्पादन गरेर विश्व बजारमा पठाउन सक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकार सदैव साथमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले विकासका सम्पूर्ण पूर्वाधार तयार गरिसकेकाले अब निजी क्षेत्रले समेत नयाँ सम्भावना र युवाहरूका लागि रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसै गरी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना छैन भन्ने भाष्य विकसित भइरहेको बेलामा निजी क्षेत्रले युवाहरूलाई रोजगारीको अवसरहरू सिर्जना गर्दै आएको बताउनुभयो ।
समारोहमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको पनि उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्