साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार प्रदान

बागलुङ । लमजुङकी साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार–२०८२ अर्पण गरिएको छ । रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३औँ वार्षिकोत्सवको अवसरमा श्रेष्ठलाई नगद रु दश हजारसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरेको हो ।
मध्यनेपाल नगरपालिका–३ सोतीपसल, लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाएर चालिसको दशकदेखि नेपाली साहित्यमा निरन्तर लागि रहनुभएकी सरुको थुङ्गा थुङ्गा जिन्दगानी (गीत सङ्ग्रह), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कविता सङ्ग्रह), फूलहरूको आँधी (कविता सङ्ग्रह), किट्टी (बाल कथासङ्ग्रह) प्रकाशित रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले नेपाली काव्य क्षेत्रमा कवि सरस्वती श्रेष्ठ सरुको उल्लेख्य योगदान रहेकाले उहाँको साहित्यिक सिर्जना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्