बिमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने
गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।
यो व्यवस्था संगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिने छ ।
यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।
बिमा प्रिमियम अनलाइन भुक्तानी गर्ने सेवाको सुरूवात भएसँगै पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्न पर्ने बाध्यताको अन्त्य भएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताउनु भयो ।
देशभर ९० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको इसेवाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्