तपाईँ सुन्दै हुनुहुन्छः

उद्दार गरिएकाको परीक्षण तीव्र बनाउन निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लकडाउनले समस्यामा परेका कारण उद्दार गरी प्रदेशका विभिन्न जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरुबाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परीक्षणलाई तीव्रता दिन निर्देशन गुर्न भएको छ ।

शनिबार वीरेन्द्रनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको विपद् व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै उहाँले पछिल्लो समेत प्रदेशमा भित्रिएका नागरिकलाई केन्द्रित गरी कोरोना परीक्षण गर्न आवश्यक र्यापिड टेस्ट कीट मार्फत भएपनि तीव्रता दिन निर्देशन गर्नु भएको हो ।

प्रदेशमा देशका विभिन्न स्थानबाट हालसम्म ३० हजार नागरिकको उद्दार गरिएको प्रदेश सरकारको अनुमान छ । उहाँले कोरोना परीक्षण तथा नियन्त्रण कार्यका लागि सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंसेवकहरुको एकीकृत प्रतिकार्य समूह निर्माण गरी परिचालन गर्नु पर्नेमा जोड दिनु भयो ।

स्वास्थ्यकर्मी सहितको एकीकृत समूहले स्थानीय तहमा रहेका क्बारेन्टाईन र कोरोना भाईरसको सम्भावित संक्रमितहरुमा कोरोना परीक्षण, परामर्श तथा स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाउन समेत उहाँले निर्देशन दिनु भयो ।

शनिबार सम्पन्न प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कामको सिलसिलामा कर्णाली प्रदेशमा अस्थायी बसोवास गरिरहेका, लकडाउनको कारण समस्यामा र आफनो घर फर्कन चाहने विद्यार्थी, मजदुर लगायतका नागरिकलाई सम्बन्धित प्रदेश, जिल्ला, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा घर फर्कन दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button