समाज कल्याण परिषदबाट आफूखुशी सामान र नगद नबाँडन निर्देशन
समाज कल्याण परिषद्ले नेपालमा रहेका सम्पूर्ण राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी सामाजिक संघ संस्था एनजीओ तथा आइएनजीओहरुलाई कोरोना संक्रमणका बेला कुनै पनि ठाउँमा नगद वितरण नगर्न निर्देशन दिएको छ ।
एक जरुरी सूचना मार्फत राहत बाँडदा अन्य सामग्री पनि आफुखुशी नबाँड्न निर्देशन दिएको हो । समाज कल्याण परिषदले कुनै पनि एनजीओ तथा आइएनजीओले कुनै ठाउँमा सहयोग गर्न चाहेमा सम्बन्धित स्थानीय तह वा सो ठाउँमा रहेको अन्य सम्बन्धित सरकारी निकायसँग समन्वयमा मात्र सहयोग वितरण गर्न निर्देशन दिएको परिषदका प्रवक्ता शिवकुमार बस्नेतले जानकारी दिनु भयो ।
स्थानीय तहले तयार गरेको सूँची, उसको छनौट लगायत अन्य विवरणका आधारमा सहयोग वा सामग्री वितरण गर्नुपर्छ र त्यसको जानकारी समाज कल्याण परिषदलाई दिन परिषदले राष्टिय तथा अन्तराष्टिय गैह सरकारी संस्थाहरुलाई निर्देशन दिएको हो ।
त्यसैगरी परिषदले नगदको दुरुपयोग भएको पाइएका कारण पनि नगद वितरण नगर्न र जिन्सी सामानहरु मात्र वितरण गर्न भनेको छ ।
परिषद्ले देशभर कुन कुन ठाउँमा कुन एनजिओ वा संघसंस्थाले केकति राहत वा सामग्री वितरण गरेका छन् भनी मन्त्रालयमा जानकारी गराउने तयारी समेत गरेको प्रवक्ता बस्नेतले जानकारी दिनु भयो ।
केही एनजीओ तथा आइएनजीओहरुले मकवानपुर लगायत बिभिन्न जिल्लामा नगद तथा सामग्रीहरु आफुखुशी वितरण गर्दै हिंडेको पाएपछि परिषद्ले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै त्यसो नगर्न निर्देशन दिएको हो ।








प्रतिक्रिया राख्नुहोस्