समाज रूपान्तरणका लागि लड्ने जुझारु व्यक्ति मदन आश्रित : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री ओलीले मदन आश्रित न्याय र सामाजिक रूपान्तरणका लागि लड्ने सङ्घर्षशील व्यक्तित्वको रूपमा रहनुभएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित मदन आश्रित स्मृति प्रतिष्ठानको शपथ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वाधीनता, शान्ति स्थापनाका लागि शालीन र भ्रद्रतापूर्वक सङ्घर्ष गर्ने व्यक्तिको रूपमा मदन आश्रितको स्मरण गर्नुभयो ।
मदन आश्रितलाई असल व्यक्तिको रूपमा मात्र स्मरण गरेर नपुग्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले अन्याय,असमान भेदभाव जस्ता सामाजिक विकृति विरुद्ध आवाज उठाउने जुझारु व्यक्ति रहनुभएको पनि बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले स्मृति प्रतिष्ठानहरूले निष्ठा र इमान्दारीतापुर्वक कार्य गर्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीले स्वर्गीय मदन भण्डारी र मदन आश्रितका योगदान र विचारहरूलाई समाजमा स्थापित गर्ने प्रतिष्ठानको उद्देश्यमा इमानदारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानलाई थप सबल बनाउँदै समुदायसँग जोडिएर वैचारिक तथा सामाजिक रूपान्तरणको कार्यलाई अघि बढाउने पनि नवनिर्वाचित अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्