उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्तिको भूमिका सम्बन्धमा नेता श्रेष्ठ र यादवबिच छलफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबिच लोकतान्त्रिक उपलब्धिको रक्षा तथा समाजवादको दिशातर्फ अघि बढ्न परिवर्तनकारी सक्तीबिचको सहकार्य सम्बन्धमा छलफल भएको छ ।
नेता श्रेष्ठको निवास हात्तीवनमा आज भएको छलफलमा उहाँहरूबिच सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिको भूमिकाबारे विचार विमर्श भएको श्रेष्ठका सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्