तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पाका हिमाली तीर्थस्थलमा श्रद्धालुहरूको भीड(फोटो फिचर)

मुड्केचुला(डोल्पा)। आज साउन पूर्णिमाको अवसरमा डोल्पा र आसपासका गाउँका हिन्दु धर्मावलम्बीहरू कुलदेवी–देवताप्रति गहिरो श्रद्धा चढाउँदै जिल्लाभरका पवित्र हिमाली तीर्थस्थलहरूमा पुगेर स्नान तथा पाठ पूजा गरी मनाएका छन् ।

हिजो आज डोल्पाका पवित्र तीर्थ स्थल मुड्केचुला,ब्यासरिखी,मुकुटेश्वर,दुधकुन्डली,साईक्वारीलगाएत दर्जनौँ पवित्र स्थलहरूमा हिन्दु धर्मावलम्बिहरुको पुगेका छन् । मुड्केचुला तीर्थस्थल – जहाँ हिमालको चुचुराबाट बग्ने बरफानी धाराले आत्मालाई शुद्ध बनाउने विश्वास गर्दै आएका छन् ।

ब्याँसरिखी – जसको शान्त वातावरणलाई देवीको आसनका रूपमा विश्वास मान्दै आएका छन् ।  मुकुटेश्वर-भगवान् शिवको हिमशिखर माथिको पवित्र मन्दिर मान्ने गरिन्छ  ।  दुधकुन्डली – जसको जल दूधझैँ सेतो र अमृत स्वरूप मानिन्छ र साईक्वारी – जहाँ हरियाली वन, स्वच्छ नदी र आध्यात्मिक ऊर्जा एकसाथ अनुभव हुने भएकोले यी लगायत डोल्पाका दर्जनौँ पवित्र स्थलहरू सबै श्रद्धालुका मुख्य गन्तव्यका रूपमा साउन पूर्णिमा विशेष बनेका छन् ।

जन विश्वास अनुसार, यी स्थलहरूमा पुगेर स्नान र पूजा गर्दा देवताको शक्ति, आशीर्वाद प्राप्त हुने , धार्मिक श्रद्धा बलियो बन्ने र आत्मा पवित्र हुने जन विश्वास रहँदै आएको छ। हप्तौँ दिनको खाली खुट्टामा कठिन पैदल यात्रा पूरा गरेर गाउँ फर्किएका तीर्थ यात्रीहरूले कुलदेवी–देवताका पाठ पूजा गर्दै पुस्तौँदेखि चली आएको यो सांस्कृतिक र धार्मिक परम्परालाई सदा झैँ यो वर्षको साउन पूर्णिमालाई  निरन्तरता दिएका हुन ।

डोल्पाका यी हिमाली तीर्थस्थलहरू केवल आस्था मात्र नभई, प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको अद्वितीय सङ्गमका रूपमा रहेका छन् ।  जसले यहाँ आउने जो–कोहीको मन र आत्मालाई प्राकृतिक रूपमा फक्रिएका रङ्गी विरङ्गी फुलहरूलाई नजिक बाट स्पर्श गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button