तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूका लागि निःशुल्क बास्केटबल तालिम गराइँदै

धनकुटा । धनकुटामा साउन २४ गतेदेखि भदौ ३ गतेसम्म विद्यार्थीहरूका लागि प्रारम्भिक लेभल निःशुल्क बास्केटबल तालिम हुने भएको छ । शुक्रवार धनकुटा बास्केटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी बास्केटबल तालिम हुने जानकारी गराएको हो ।

धनकुटाका नगरपालिका–७, स्थित चुलिबनमा रहेको निजामी आवासीय माविको खेल मैदानमा हुने तालिममा धनकुटा नगर क्षेत्रभित्र रहेका विद्यालयका  विद्यार्थीहरूको सहभागिता रहने छ । एउटा विद्यालयबाट ८ देखि १० जना विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । जीवनशैली, आत्मविश्वास, अनुसन्धान र समूह भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क बास्केटबल तालिमको आयोजना गरिएको धनकुटा बास्केटबल क्लबका अध्यक्ष विवेक श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई सहभागिताका लागि आह्वान गरेको जनाइएको छ । आधारभूत ज्ञान ड्रिब्लिङ्गि पासिङ्ग, शूटिङ्ग, टिमवर्क र खेल अनुशासन अभ्यास तालिममा गराइने छ । 

तालिम करिब ४ लाख ५० हजार खर्चको अनुमान रहेको र सम्पूर्ण खर्च आयोजकले व्यवस्थापन गर्ने बताएको छ । तालिममा १२ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button