तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंलगाय विभिन्न जिल्लामा अलपत्र हजार बढी नागरिक सल्यानमा आइपुगे

सल्यान । रोजगारी तथा व्यवसायका लागि काठमाडौंलगायत विभिन्न जिल्ला पुगेका नागरिकहरुलाई सल्यान ल्याइएको छ । लकडाउनका कारण घर जना नपाएका एक हजार दुई सय बढी नागरिकहरुको उद्दार गरी सल्यान ल्याइएको हो ।

काठमाडौंमा बस्दै आइरहेका युवाहरु र सांसदहरुको पहलमा काठमाडौं, भक्तपुर, दोलखा, तनहुँ, पोखरामा अलपत्र परेका नागरिकहरु सल्यान फर्किएका हुन ।

सबैभन्दा धेरै एक हजार बढीलाई भक्तपुरका विभिन्न इट्टाभट्टाबाट उद्दार गरिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो । भक्तपुरबाट एक हजार, दोलखाको भिमेश्वरबाट ४४ जना, तनहुँबाट २२, पोखराबाट ४० र काठमाडाँै ललितपुरबाट एक सय भन्दा बढीको उद्दार गरी सल्यान ल्याइएको छ ।

संस्थागत र एकद्धार प्रणालीबाटी अलपत्र नागरिकको उद्दार नगरिए पनि विभिन्न पक्षको पहलमा अलपत्र नागरिकको उद्दार गरिएको युवा नेता तिलकराज भण्डारीले बताउनुभयो । उद्दार गरिएका सल्यानका मात्र नभएर छिमेकी जिल्ला रुकुम, जाजरकोटसम्मका रहेका उहाँको भनाई छ ।

घर फर्किएका सबैलाई क्वारेनटाइन, सामुदायिक क्वारेनटाइन र होम क्वारेनटाइनमा राखिएको छ ।

जिल्लाको दशवटै स्थानीय तहहरुले भारत, तथा अन्तरजिल्लाबाट आएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने, तथा क्वारेनटाइनमा राख्ने काम गर्दै आइरहेका छन् ।

कामको शिलशिलामा विभिन्न जिल्लाबाट घर फर्किएका व्यक्तिहरुलाई क्वारेनटाइनमा राखी रहेको शारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button