तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा कोरोना संक्रमित व्यक्तिबाट समुदायमा नसरेको पुष्टि

बीरगंज । वीरगंजमा दुई सय ३० जनाभन्दा बढीमा गरिएको पिसिआर परिक्षण र चारु हजार बढीमा भएको र्यापिड डाईनोष्टिक टेष्ट आरडिटी परिक्षणबाट संक्रमित व्यक्तिबाट कोरोना समुदायमा सर्न नसकेको प्रमाणित भएको छ ।

विगतमा त्रसित बनेको बीरगंजको जनजीवन परिक्षणपछि कोरोना संक्रमण समुदायमा नफैलिएको पुष्टि भएसँगै राहतको अनुभूति भएको छ ।

बीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की मस्जिद र घुसुकपुरस्थित मस्जिदमा रहेका तीन जनासहित बीरगंजको नयाँ बसपार्कमा चिया पसल सञ्चालन गर्ने एक महिलामा कोरोना संक्रमण देखिएपछि उनिहरुबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने आशंकामा छपकैया एरियासँगै नयाँ बसपार्क क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणहरुको पिसिआर परिक्षण र्यापिड डाईनोष्टिक टेष्ट आरडिटी परिक्षण गरिएकोमा एक जनालाई पनि पोजेटिभ नदेखिएपछि संक्रमण व्यक्तिबाट समुदायमा नपुगेको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

छपकैयाको मस्जिदमा बसेका तीनजना जमाति र हाल कैलाली पुगेकी बीरगंजमा चिया पसल सञ्चालन गर्ने महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ दिन भइसकेको र उनीहरूको सम्पर्कमा रहेकाहरूलाई खोजेर थ्रोट स्वाब परीक्षण तथा समुदाय स्तरमा र्यापिड डायग्नोस्टिक टेष्ट गरिएकोमा हालसम्म एक जनालाई पनि संक्रमण नभेटिएको डा.उपाध्यायले बताउनुभयो ।

छपकैयाको मदरसामा रहेका भारतीय जमातिहरु कहाँबाट संक्रमित भए भन्ने कुरा नखुलेपनि उनिबाट छपकैया आसपासको क्षेत्रमा समुदाय स्तरमा संक्रमण नपुगेको दुई सय ३० जनाको पिसिआर परिक्षण र चार हजारभन्दा बढीको र्यापिड डाईनोष्टिक टेष्टले प्रमाणित गरेको उपाध्यायले बताउनुभयो ।

बीरगंजका चार जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्रसित बनेको बीरगंजको जनजीवन अहिले समुदायस्तरमा कोरोनाको संक्रमण नभेटिएसँगै जनजीवनमा राहत भएको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख एवं नागरिक समाजका अगुवा डा.भगवान यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button