तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय युवा सङ्घ कप : रत्ननगरलाई हराउँदै राप्ती सेमिफाइनलमा प्रवेश

चितवन  । राष्ट्रिय युवा सङ्घ राप्ती नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा सङ्घ नेपाल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा रत्ननगर नगर कमिटीलाई हराउँदै राप्तीले सेमिफाइनलमा स्थान बनाएको हो ।

कृष्णपुरको मैदानमा भएको खेलमा राप्ती २–१ ले विजयी भयो । राप्तीको जितमा सागर तामाङ र आशिष तामाङले गोल गरे । रत्ननगरका लागि अभिषेक चौधरीले एक गोल फर्काए । 

दोस्रो हाफको दोस्रो मिनेटमा सागरको गोलमा राप्तीले अग्रता लियो । २७ औँ मिनेटमा आशिषले राप्तीको अग्रता दोब्बर बनाए । अतिरिक्त समयको दोस्रो मिनेटमा रत्ननगरका अभिषेकले गोल फर्काए पनि हार टार्न सकेनन् । राप्तीका सुलभ थापा प्लेयर अफ दि म्याच भए । 

प्रतियोगितामा भोलि राष्ट्रिय युवा सङ्घ माडी नगर कमिटी र खैरहनी नगर कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । राष्ट्रिय युवा युवा सङ्घ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ ।

८ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button