समितिद्धारा ग्यालरी बैठकको निरीक्षण
काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले मर्मत भइरहेको पुरानो प्रतिनिधि सभा भवन अर्थात् ग्यालरी बैठक कक्षको निरीक्षण गरेको छ ।
समितिका सभापति मायाप्रसाद शर्माको नेतृत्वमा समितिका सांसदहरू, पुरातत्त्व विभाग, शहरी विकास निर्माण विभागका पदाधिकारी र सञ्चारकर्मीसहितको टोलीले आज ग्यालरी बैठकको निरीक्षण गरेको हो ।
त्यसअघि बसेको समितिको बैठकमा निर्माणाधीन सङ्घीय संसदभवन र मर्म भइरहेको ग्यालरी बैठकको कार्य प्रगतिका सम्बन्धमा छलफल भएको थियो ।
छलफलमा विशेष भवन निर्माण समन्वयन आयोजनाका प्रमुख सुनिलकुमार ठाकुरले पुरानो संसदभवनको मर्मत गर्ने कार्यको २५ प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो ।
आयोजना प्रमुख ठाकुरले सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद् भवनको ८६ प्रतिशत काम सम्पन्न भइसकेको र यही पौष १६ गते निर्माण सम्पन्न गरिने सम्झौताअनुसार काम भइरहेको समितिलाई जानकारी गराउनुभयो ।
समितिको बैठकमा सांसदहरू युवराज शर्मा, श्रीकृष्णप्रसाद अधिकारी, सुमित्रा बिसीलगायतले नयाँ र पुरानो संसद् भवन निर्माणको काम समयमै सक्नुपर्नेमा जोड दिनुभयो ।
बन्दै गरेको सङ्घीय संसद् भवनलाई अपाङ्गता र महिलामैत्री बनाउन सांसदहरूले सुझाव दिनुभयो ।
उहाँहरूले भवनमा सजावटका लागि प्रयोग गरिने सामनाहरू नेपालमै उत्पादन भएका हुुुनुुपर्नेमा पनि जोड दिनुभयो
प्रतिक्रिया राख्नुहोस्