तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित

मकवानपुर । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको छ। प्रदेश प्रमुख कार्यालयले जारी गरेको सूचना अनुसार आज दिउँसो १ बजे तय भएको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्य समस्या देखिएकाले स्थगित गरिएको हो।

प्रदेश प्रमुखको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि उहाँ उपचारका लागि विहानै काठमाडौं जानुभएको र प्रदेश प्रमुखको निर्देशन अनुसार अर्को सूचना नभएसम्म शपथग्रहण कार्यक्रम स्थगित रहने जनाएको छ।

यसअघि बुधबार पनि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन र सत्ता साझेदार नेकपा एमालेका नेताहरूको आग्रहमा मन्त्रीहरूको शपथग्रहण स्थगित भइसकेको थियो।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार आन्तरिक तथा कानुन मन्त्रीमा गोविन्द लम्साल, सहकारी तथा गरिबी निवारण मन्त्रीमा गीता गुरुङ र युवा तथा खेलकुद मन्त्रीमा माया श्रेष्ठलाई नियुक्त गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button