जीर्ण पुलबाट जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन्।

झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भासिएपछि स्थानीयबासिन्दा जोखिमसहित आवत/जावत गर्न बाध्य भएका हुन् । स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ। पुलको दुरावस्थाबारे नगरपालिकालाई जानकारी गराइएको उहाँले बताउनुभयो ।
यसैबीच, पूर्वाधार विकास कार्यालय कञ्चनपुर का प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्नेगरी असार २३ गते निर्माण सम्झौता भएको छ। उक्त योजनाअन्तर्गत दुई करोड ९१ लाख ८८ हजार लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ।
प्रतिक्रिया राख्नुहोस्