लमहीमा गाडीले किच्दा एक युवाको मृत्यु
दाङ।दाङको लमहीमा गाडीले किच्दा एक युवाको मृत्यु भएको छ।
लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेश कुमार बानियाको आइतबार बिहान घरअगाडि रोकिएको गाडीको चपेटामा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको टायरमा राखिएको ओट (काठ वा ढुंगा) हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेको र सोही क्रममा बानिया गाडीको चपेटामा परेका थिए।
गम्भीर घाइते भएका बानियालाई तत्काल लमही अस्पताल लगिएको भए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शव हाल लमही अस्पतालमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्