तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा ८५प्रतिशत धान रोपाइँ सम्पन्न

बाजुरा । बाजुरामा साउन महिना लागि सक्दा समेत ८४ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । गत जेठ दोस्रो हप्तादेखि सुरु भएको धान रोपाइँ हाल सम्म जम्मा ८४ प्रतिशत सम्पन्न भएको हो ।

लामो समय देखि परेको खडेरीका कारण असार साउन ३ गते हुँदा सम्म जिल्लाका ९ वटै स्थानीय तहमा करिब ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

खोलाका किनारमा भएका खेतियोग्य ठाउँहरूमा गएको जेठ दोस्रो साताबाट धान रोपाइँ सुरु भएको थियो भने सिँचाइको सुविधा नभएका र आकाशे पानीको भरमा रोपाइँ गरिने क्षेत्रमा भने साउन दोस्रो हप्तासम्म रोपाइँ हुने गरेको छ ।

बाजुराका अधिकांश खेतियोग्य जमिनमा सिँचाइको सुविधा छैन । सिँचाइ कुलोको सुविधा र खोला किनारमा भएका जमिनहरूमा असार १५ मै रोपाइँ सम्पन्न भइसकेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेका त्रिवेणी, बुढीगंगा, र बडीमालिका, नगरपालिका तथा गौमुल र खप्तड क्षेडेदह गाउँपालिकामा यस वर्ष निरन्तर पानी परेपछि समयमै धान रोपाई सम्पन्न भएको छ ।भने

जिल्लाको पुर्वोत्तरी क्षेत्रमा रहेका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा भने पानी नपरेपछि धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीले बताउनुभयो ।उहाँका अनुसार बाजुरामा ७ हजार ३ सय ३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेकोमा साउन ३ गते सम्म करिब ५ हजार २ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button