तपाईँ सुन्दै हुनुहुन्छः

बैजनाथमा किसानलाई प्रविधिसँग जोड्दै ई–लोडिङ रिक्सा वितरण

बाँके। बैजनाथ गाउँपालिकाले कृषि र पशुपालनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८२/८३ का लागि ६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

“किसानसँग पालिका प्रमुख” कार्यक्रमअन्तर्गत पहिलो चरणमा ५३ जनामध्ये ११ जना किसानलाई ७० प्रतिशत अनुदानमा ई–लोडिङ रिक्सा वितरण गरिएको पालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त रिक्साले उत्पादन ढुवानीमा सहजता ल्याउने र लागत घटाउने अपेक्षा गरिएको छ।

कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले यान्त्रीकरण र प्रविधिको प्रयोगले किसानको श्रम कम गर्नुका साथै उत्पादन प्रतिस्पर्धी बन्ने बताए। उहाँले स्थानीय सरकार जनताको आवाजअनुसार काम गरिरहेको भन्दै, “बैजनाथ सरकार हेर्दा देखिने, छाम्दा भेटिने, बोल्दा सुन्ने सरकार हो,” भन्नुभयो।

गाउँपालिकाले आगामी दिनमा थप प्रविधियुक्त उपकरण, पशु सेवा, सिंचाइ प्रणाली सुधार तथा व्यवसायिक कृषि प्रवर्द्धनका कार्यक्रम अघि बढाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button