नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयकमा छलफल

काठमाडौँ I प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हवाई सेवा प्राधिकरण विधेयक, २०८१ संशोधन प्रस्तावबारे संशोधनकर्तासँग छलफल भएको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूले हवाई सुरक्षामा प्राथमिकता दिनुपर्ने, अवैध हवाई कारोबार तथा सुन तस्करी रोक्न कडा नीति अवलम्बन गर्नुपर्ने, यात्रुमैत्री सेवा, डिजिटल प्रणाली विकास र आधुनिक उडान प्रणाली विकास गर्नुपर्नेमा मन्त्रालयको ध्यान आकर्षण गर्नुभएको थियो ।

बैठकमा समिति सदस्यहरूले, हेलिप्याडको मापदण्ड परिमार्जन गर्नुपर्ने, एयर ट्राफिक व्यवस्थापनमा नियम कडाइले पालना गर्नुपर्ने, र वातावरणमैत्री हवाई सेवाको प्रवर्द्धनका लागि कार्बन उत्सर्जन घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्