तपाईँ सुन्दै हुनुहुन्छः

किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति

महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा बजारमा रहेको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जय माता जेनरल एण्ड स्टेसनरी स्टोर पसलमा बिहान ४ बजेतिर विद्युत् सर्ट भएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

आगलागीबाट पसलमा रहेको फ्रिज, चाउचाउ, बिस्कुट लगायतका थुप्रै खाद्यान्न तथा स्टेशनरी सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको पसल सञ्चालक ओमप्रकाश मण्डलले बताउनुभयाे ।

स्थानीय बासिन्दा र सम्सी स्थायी प्रहरी चौकी पर्साको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button