तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्रीद्वारा सडक विस्तार कार्यको अनुगमन

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल तथा भौतिक योजना तथा पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रूपमा निर्माणधिन हेटौँडा–काठमाडौँ सडकअन्तर्गत भीमफेदीदेखि देउरालीसम्म आठ किमी तथा देउरालीदेखि कुलेखानीसम्म ७.५ किमी सडक विस्तारकार्यको आज अनुगमन गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले अनुगमन गर्दै निर्माण व्यवसायी र स्थानीय उपभोक्ताले मानवीय सुरक्षालाई ध्यान दिई निश्चित समयमै सडक विस्तार सम्पन्न गर्न निर्देशन दिनुभयो । मन्त्री फुयाँलले भीमफेदीदेखि देउरालीसम्म आठ किमि सडक छ मिटर चौँडाइ गरी कालोपत्रे गर्न रु १७ करोड, देउरालीदेखि कुलेखानीसम्म ७.५ किमि सडक छ मिटर चौडाइ गरी कालोपत्रे गर्न रु १५ करोड लागतमा मन्त्रालयले गत माघदेखि सडक विस्तार निर्माणको जिम्मा दिएको र आगामी फागुनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकाले समय समयमा निर्माणकार्यको अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

सोही सडक अन्तर्गत कुलेखानीदेखि छैमलेसम्म निर्माणधिन सडक विस्तारको पनि मुख्यमन्त्री पौडेलले निरीक्षण गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button