अलपत्र नागरिकलाई लिसंखुपाखरले उद्धार गर्ने
मेलम्ची । विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले उद्धार गर्ने भएको छ ।
घर आउन चाहेमा पालिकाले यातायातको व्यवस्था गर्ने भएको हो । श्रमिक, मजदुर तथा ज्यालादारीहरु दैनिक खान नपाएर भोकभोकै लामो दूरी तय गरेर हिडिरहेको भन्ने समाचार आएपछि पालिकाले आफ्ना गापाभित्रका त्यस्ता व्यक्तिहरुलाई ल्याउन पहल थालेको हो ।
पहिलो चरणमा हामी के कति मानिस काठमाडौंमा छन् तथ्याकं उतार्दै छौं गाउँपालिकका अध्यक्ष कमल नेपालले भन्नुभयोे, त्यो तथ्याकं आएपछि उनीहरुलाई ल्याउने व्यवस्था गर्नेछौं । सकेसम्म त्यहीका स्थानीय तहहरुसँग समन्वय गरेर राहतको लागि पहल गर्ने र जहाँ छन् त्यही राख्ने योजना छ ।
यदि उनीहरु घरमा नै नआई नछाड्ने हुन भने सवारी पासको व्यवस्था गरेर गाउापालिकामा ल्याउने र दुई हप्ता क्वारेन्टाइनमा राखेर मात्रै घर जान दिने अध्यक्ष नेपालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्