क्वारेन्टाइनमा बस्नेको संख्या क्रमशः घट्दै
कपिलवस्तु । कपिलवस्तुमा क्वारेन्टाइनमा बस्ने क्रमश घट्दै गएका छन । जिल्लाका १० स्थानीय तहले निर्माण गरेका २ स २२ बेडको क्वारेन्टाइनमा विहीबारसम्म १ सय ६८ जना मात्र रहेका छन् ।
पछिल्लो एक हप्तामा क्वारेन्टाइनमा बस्ने घटेका हुन् । १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । १४ दिन पुगेकालाई विस्तारै घर पठाइएको र नयाँ कोरोना आंशका लागेका नभेटिएकाले क्वारेन्टाइनमा बस्ने घटेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार विहीबारसम्म ७ सय ५४ जना डिस्चार्ज भैसकेका छन् । अहिले जिल्लाको विजयनगर गाउँपालिकामा सबैभन्दा बढी ५३ जना क्वारेन्टाइनमा रहेका छन भने मायादेवी गाउँपालिकामा कुनै पनि क्वारेन्टाइनमा छैनन ।
महाराजगञ्ज नगरपालिकामा २८, बुद्धभूमि नगरपालिकामा २७, शिवराज नगरपालिकामा १७, कृष्णनगर नगरपालिकामा ११, शुद्धोधन गाउँपालिकामा १२ जना क्वारेन्टाइनमा रहेका छन् ।
यसैगरी कपिलवस्तु नगरपालिकामा ९, वाणगंगा नगरपालिकामा ८ र यशोधरा गाउँपालिकामा ३ जना क्वारेन्टाइनमा रहेको प्रशासन कार्यालयले जनाएको छ ।
यता विहीबारसम्म कपिलवस्तुमा ६ सय ३१ जनाको कोरोनाको द्रुत परिक्षण गरिएको छ । आज मात्र १ सय २६ जनाको परिक्षण भएको छ । जसमा कसैको पनि कोरोना संक्रमण भएको रिर्पोट नआएको प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्