राष्ट्रियसभाबाट विनियोजन विधेयक बहुमतले पारित
आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ बहुमतले पारित भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ सभाको बहुमतले पारित गरेको हो ।
यस्तै बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
विधेयकमाथि सुझाव दिन चाहने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक,–२०८२ सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रियसभाको अर्को बैठक असार २० गते शुक्रबार दिउँसो १ः०० बजेर १५ मिनेटमा बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्