तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलसेनमा स्थानीयले गरे सडकमै रोपाइँ

अछाम । अछामको मङ्गलसेन बजारका स्थानीयहरूले सडकमा रोपाइँ गरेका छन् । लामो समयसम्म सडक हिलाम्मे भएर आवतजावतमा समस्या हुँदा पनि सरोकारवाला पक्षले बनाउन चासो नदिएपछि स्थानीयबासीले आज सडकमा धान रोपेर विरोध जनाएका हुन् ।

मङ्गलसेनमा रहेको महालक्ष्मी बैङ्क, जय नेपाल चोक हुँदै अछाम बहुमुखी क्याम्पससम्म जाने सडक हिलाम्मे हुँदा स्थानीय नागरिकलाई पैदल हिँड्न समेत असहज भएपछि हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको स्थानीय युवा वसन्तराज भाटले जानकारी दिनुभयो ।

बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीयहरूले बताएका छन् । 

मङ्गलसेन नगरपालिका  प्रमुख पदम बहादुर बोहराले यो सडक पिच गर्न ठेक्का भइसकेको र निरन्तर काम भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button