तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ : अछामका दुई सय २६ को रिपोर्ट नेगेटिभ

अछाम । अछामबाट थ्रोट स्वाब संकलन गरि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परिक्षण गरिएको दुई सय २६ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अछाम जिल्लाका चार स्थानबाट नेपाली सेनाको हेलिकप्टरसहित आएको स्वास्थ्यकर्मीको टोलीले संकलन गरेका सबै दुई सय २६ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमख झनकराज ढुंगानाले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीको टोलीले जिल्लाको बयालपाटा अस्पताल, जिल्ला अस्पताल, मंगलसैन क्वारेन्टाइन र प्राथमिक स्वास्थ केन्द्र कमलबजारबाट एक सय ९७ जना पुरुष र २९ जना महिलाको थ्रोट स्वाब संकलन गरि परिक्षण गरेको हो ।

स्वास्थ्यकर्मीको टोलीले बयालपाटा अस्पतालबाट ४५ जना पुरुष र छ जना महिला गरी ५१ जना, सदरमुकाम मंगलसैनको क्वारेन्टाइन तथा जिल्ला अस्पतालमा गरि ९० जना पुरुष र १७ जना महिला गरि एक सय सात जना र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा ६२ जना पुरुष र छ जना महिला गरि ६८ जनाको नमुना स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button