भारतको मौलीमा भिरबाट लडेर नेपाली मजदुर घाइते
दार्चुला । भारतको मौलीमा भिरबाट खसेर नेपाली मजदुर घाइते भएका छन् । मजदुरी गरेर घर फर्किने क्रममा एक जना नेपाली मजदुर लडेर घाइते भएका हुन् ।
बझाङ देउलीकोट २ का ४० बर्षीय जयबहादुर बोहरा भारत जौलजीविको सेलताडा भन्ने स्थानमा भीरबाट लडेर घाइते हुनु भएको हो ।
बुधबार महाकालीनदी तरेर नेपाल आउन सेलताडा भीरमा पुगेका बोहरा लडेर गम्भीर घाइते भएको सशस्त्र प्रहरीक ाहवल्दार धिरेन्द्र बहादुर पालले बताउनुभयो ।
भारत पट्टीबाट महाकाली किनार पुग्नै लागेको बेला लडेर घाइते भएका हुन् । बोहरालाई उपचारको लागि डिडिहाट लगिएको छ । उहाँको टाउँको खुट्टा र शरीरमा चोट लागेको छ ।
यसअघि पनि मालिकार्जुन ६ उकुनजिकैको क्षेत्रबाट नेपाली मजदुर महाकाली तरेर नेपालआउने गरेका थिए ।
पछिल्लो समय लेकम गाउँपालिकाको लालीदेखि व्यासको दुम्लीङसम्मको सीमा नाकामा सशस्त्र प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।








प्रतिक्रिया राख्नुहोस्