परराष्ट्रमन्त्री डा राणा इटाली प्रस्थान
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही असार १४ देखि २० गतेसम्म हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४ औँ सम्मेलनमा सहभागी हुन आज इटाली प्रस्थान गर्नुभएको छ।
उहाँले सम्मेलनका प्रमुख सत्रसहित विभिन्न उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री राणाको नेतृत्वमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको छ।
एफएओ सम्मेलनपछि मन्त्री राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्