विभागीय मन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गतको विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भइरहँदा विभागीय मन्त्री अनुपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठकमा सांसद पूर्णबहादुर तामाङले बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको बजेटका विभिन्न शीर्षकहरू माथि छलफल भइरहँदा विभागीय मन्त्री अनुपस्थित रहेको भन्दै मन्त्री उपस्थित नहुँदा सम्म रोष्ट्रम नछाड्ने बताएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्