तपाईँ सुन्दै हुनुहुन्छः

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक: पूर्वउपराष्ट्रपति पुन

दोलखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकमा वैज्ञानिक समाजवाद ल्याउन अझै पनि वर्ग सङ्घर्ष आवश्यक रहेको बताउनुभएको छ ।

यहाँ आज आयोजित २३ औँ प्रताप स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवाद प्राप्तिका लागि नेपालको संविधानले परिकल्पना गरेअनुसार जनतालाई गोलबन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “संविधानले परिकल्पना गरेको समाजवाद प्राप्त गर्न तपाईँ हामी सबै गोलबन्द भएर लाग्न जरुरी छ”, उहाँले भन्नुभयो ।

उहाँले द्वन्द्वकालमा सहादत प्राप्त गरेका सहिदहरूको स्मरण गर्दै उनीहरूको सपना पूरा गर्न अझै पनि सङ्घर्षको आवश्यकता औँल्याउनुभयो । उहाँले जलविद्युत् उत्पादनको दृष्टिले दोलखा धनी जिल्ला भएको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button