तपाईँ सुन्दै हुनुहुन्छः

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि आज पनि दफावार छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा रहेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, प्रशासकीय अदालत ऐन २०७६, राहदानी ऐन र वातावरण संरक्षण ऐनमा भएका संशोधनमा छलफल भएको हो । 

छलफलमा सांसदहरु डा वेदुराम भुषाल, सुरेश आलेमगर, गंगा बेलवासे, डा अन्जान शाक्यलगायतले राष्ट्रिय गौरवका आयोजनाका वातावरणीय मूल्याङ्कन अध्ययन प्रतिवेदन विभागमा नभइ मन्त्रालयमै बुझाउनुपर्ने, अध्ययन प्रतिवेदनमा झुटा कुरा समावेश भए हुने जरिवाना १५ हजारबाट बढाएर एक लाख रुपैयाँ राख्नुपर्ने संशोधन प्रस्ताव गर्नुभयो । 

त्यसैगरी सांसदहरुले हरेक विभिन्न खाले विपदबाट वर्षेनी जनधनको ठूलो क्षति पुग्ने गरेकाले जोखिम न्यूनीकरण, उदरदार, राहत र पुन स्थापनाका लागि  दक्ष जनशक्ति तयार पार्न अन्तर्राष्ट्रियस्तरको तालिमको व्यवस्था कानूनी रूपमै गरिनुपर्ने व्यवस्थासहित विधेयक संशोधन गर्न प्रस्ताव गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button