आफ्नै छोराले गरे बुवाको हत्या

कञ्चनपुर । कञ्चनपुरमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ४ लालीगुँरास टोलमा बस्ने २५ वर्षीय सन्जी रानाले आफ्नै बुवा तौला रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता समेत रहनु भएका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलका अनुसार आइतबार दिउँसो बुवा छोराबीच घरायसी विवाद हुँदा उक्त घटना भएको बुझिएको छ ।
आफ्नै बुवाको हत्या गर्ने छोरा सन्जी रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्