सुदूरपश्चिम प्रदेशमा (कोभिड–१९) कोरोना र्यापिड टेष्ट, एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ

धनगढी । सुदूरपश्चिम प्रदेशमा(कोभिड–१९) कोरोना र्यापिड टेष्ट (दुत्र गति) नमुना परिक्षण गरिएको एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले हालसम्म ¥यापिड टेष्ट नुमना परिक्षण गरिएका सबै एक हजार आठ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी कैलालीमा सात सय ३० जनाको र्यापिड टेष्ट गरिएको बताउनुभयो ।
¥यापिड टेष्ट नुमना परिक्षण गरिएका उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका दुई हजार तीन सय पाँच जना हाल क्वारेन्टाइनमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्