तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महासचिव पोखरेल बेलायत प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल आज बेलायत प्रस्थान गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन उहाँ एमालेका पोलिटब्यूरो सदस्य सुजिता शाक्यसहित प्रस्थान गर्नुभएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । 

बेलायतमा रहँदा महासचिव पोखरेलले त्यहाँका नेपाली समुदायसँगै विभिन्न कूटनीतिज्ञसँग भेटवार्ता गर्ने कार्यक्रम रहेका एमाले केन्द्रीय सदस्य एवं युरोप–अमेरिका इन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो । 

महासचिव पोखरेल बेलायतपछि कतारमा आयोजना हुने एमाले पार्टीका प्रवास कमिटीका विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ । महासचिव पोखरेल आगामी असार ८  गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button