तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री बाँस्कोटाद्वारा पिपीइसहित स्वास्थ्य सामग्री वितरण

Image may contain: 1 person, standing, suit and outdoor
काभ्रेपलाञ्चो ।  कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिनुभएको छ ।

बाँस्कोटाले १३ स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि हाल ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो । उहाँले १९५ पिपीइ ९पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट०, २५० मिलीटिलरको २२९ स्यानिटाइजर तथा चार हजार सर्जिकल मास्क उपलब्ध गराउनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)जिल्ला सदस्य जेनिस लामाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा पिपीइको निकै अभाव थियो ।

Image may contain: 3 people, people standing and outdoor

बाँस्कोटाले यसअघि छ स्थानीय तहका लागि ९८० स्यानिटाइजर र ८५० सर्जिकल मास्क उपलब्ध गराउनुभएको थियो । उहाँद्वारा जिल्लामा उपलब्ध स्वास्थ्य सामग्री नेकपा निकट राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियु काभ्रेपलाञ्चोकले स्थानीय तहका जनप्रतिनिधिलाई क्रमशः उपलब्ध गराइरहेका छन् । “हामी दोस्रो चरणमा स्थानीय तहको आवश्यकतानुसार स्वास्थ्य सामग्री हस्तान्तरण गरिरहेका छौँ”, अनेरास्ववियुका केन्द्रीय सदस्य शालिकराम पराजुलीले भन्नुभयो । उहाँका अनुसार पाँच स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण भइसकेका छन् ।

Image may contain: 1 person, sitting and indoor

अन्य स्वास्थ्य सामग्रीभन्दा स्वास्थ्यकर्मीका लागि हाल पिपीइ महत्वपूर्ण रहेकाले प्राप्त पिपीइले निकै ठूलो मद्दत पुगेको धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताउनुभयो । “अब स्वास्थ्यकर्मी निर्धक्क उपचारमा लाग्नेछन्, बाँस्कोटाप्रति आभारी छु”, उहाँले भन्नुभयो । धुलिखेल नपामा ७५ पिपीइ, ७५ स्यानिटाइजर र ७०० मास्क वितरण भएको छ ।
Image may contain: 3 people, people standing and outdoor
पूर्वमन्त्री बाँस्कोटाले हाल आफूसँग उपलब्ध भएको स्वास्थ्य सामग्री राहतको दोस्रो चरणअन्तर्गत वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला स्वास्थ्य सामग्री त्यसपछि जिल्लामा आवश्यकतानुसार चरणबद्ध राहत उपलब्ध गराउँछु, कोरोना सङ्क्रमणको जोखिम अन्त्य नभएसम्म राहतको क्रम निरन्तर चलिरहन्छ ।” उहाँले लकडाउनमा धादिङमा फसेका काभ्रेपलाञ्चोकका ३४ मजदुरलाई चैत दोस्रो साता स्वास्थ्य जाँच गरी घर फर्काउनुभएको थियो ।

Image may contain: 3 people, people standing

काभ्रेपलाञ्चोकका अर्का प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङले पनि रहातको पहिलो प्याकेज जनाउँदै यसै साता खानीखोला गाउँपालिकमा ८००, पनौती नपामा ६०० र बेथानचोक गाउँपालिकामा २०० मास्क वितरण गरी थप राहत सङ्कलनमा लाग्नुभएको छ । “हाल राहत सङ्कलनमा छौँ, त्यसपछि वितरणमा लाग्नेछौँ”, दोङले भन्नुभयो ।

Image may contain: 4 people, including Bikram Chaulagain, people standing

यसैबीच एक महिनाको पारिश्रमिक वाग्मती प्रदेश सरकारको खातामा जम्मा गर्नुभएका वाग्मती प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले आफ्नो निर्वाचन क्षेत्रमा थप दुई महिनाको पारिश्रमिक दिनुभएको छ । उहाँले तीन नगर बनेपा, पनौती र मण्डनदेउपुर तथा बेथानचोक गाउँपालिकलाई रु २५ हजारका दरले राहत उपलब्ध गराउनुभएको हो । रासस

 

Image may contain: 5 people, including Sundar Khadka and Bhim Neupane, people standing, possible text that says 'पनौती नगरपालिका राहत संकलन केन्द्र (फुड बैक) २०७'

प्रतिक्रिया राख्नुहोस्

Back to top button