तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को गतिरोध हटाउने विषयमा सभामुख घिमिरे र प्रमुख तीन दलका मुख्य र प्रमुख सचेतकहरूबिच छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको गतिरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
सभामुख घिमिरेले संघीय संसद् सचिवालय सिंहदरबारमा आज नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको हो ।

बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरुबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरेपनि निकास नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीका राजीनामा र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
सत्तापक्ष दलहरूले भने प्रतिपक्षी दलहरूको मागमा सहमत हुन नसकिने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button