तपाईँ सुन्दै हुनुहुन्छः

सुनकोसीमा डुबेर एकजनाको मृत्यु

काभ्रेपलाञ्चोक । सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button