शहीद पत्रकार इच्छुकको स्मृतिमा पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न
पर्सा । शहीद पत्रकार कृष्ण सेन ‘इच्छुक’को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले एक दिवसीय अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम ‘पत्रकारिता : चुनौती र अवसर’ विषयमा केन्द्रित थियो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले शहीद इच्छुकले सत्य, तथ्य र जनपक्षीय पत्रकारिता स्थापना गर्न गरेको योगदान स्मरण गर्दै अहिलेको पत्रकारिता पनि सोही मार्गमा अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले , “प्रेस स्वतन्त्रता अझै चुनौतीपूर्ण अवस्थामा रहेकोले यस्तो अवस्थामा सत्य–तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।अध्यक्ष गिरीले प्रेस सेन्टरका सदस्य पत्रकारहरूलाई वस्तुनिष्ठ, तथ्यपरक र अनुसन्धानमूलक पत्रकारितामा केन्द्रित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्साका पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले व्यावसायिक पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक पक्षमा ज्ञान बढेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा पत्रकार, सम्पादक, प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्