नगरपालिकाको कोरोना रोकथाम कोषमा रकम जम्मा हुन थाल्यो
मेलम्ची । कोरोना भाइरस (कोभिड–१९) लाई फैलन नदिन पूर्व तयारीका लागि मेलम्ची नगरपालिकाले २५ लाख रुपैयाँको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ ।
२५ लाख रुपैयाँको कोष स्थापना गरेर अगाडि बढेको नगरपालिकालाइ र नेपाल बैंक लिमिटेडले ३५ हजार सहयोग गरेको छ ।
नगरपालिकाको सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।
कोषमा रकम जम्मा गर्नेहरुको हरेक साँझ ५ बजे सुचना निकालेर जानकारी दिइने नगरपालिकाले जनाएको छ ।
कोरोना सक्रमण नियन्त्रण तथा रोकथाम कोष नामाकरण गरि नगरपालिकाले संक्रमण फैलन नदिन रोकथाममा जुटेको हो ।
नेपालका अनुसार यो रकम कोरोना रोकथामकै लागि खर्च गरिनेछ ।
विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने उपप्रमुख नेपालले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा पीपीई, सेनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ । नगरपालिकामा रहेका स्थानीयलाई पनि सामग्री वितरण भएको उहाँले जानकारी दिनुभयो ।
आवश्यक परेको खण्डमा गाउँपालिकाले थप सामग्री वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्