जनमत पार्टीले मधेस प्रदेश सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाउँदै
जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलाउन भएको छ ।
मधेश प्रदेश सरकारमा रहेको वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया अन्सारीलाई फिर्ता बोलाउने निर्णय भएको पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेश सरकारमा दुई मन्त्रीको भूमिका सन्तोषजनक नभएको भन्दै पार्टीले दुई मन्त्रीलाई फिर्ता बोलाउँदै उहाँहरूको ठाउँमा पूर्व कृषि मन्त्री बसन्त कुसवाहा र कृषि राज्यमन्त्री रहेका संजय यादवलाई पठाउने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्