तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाका सभापति रविको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । 

न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा बुधवारका  लागि राखिएको हो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पूर्पक्षका लागि  थुनामा रहनुभएका लामिछानेका तर्फबाट दायर भएको उक्त बन्दी प्रत्यक्षीकरणको रिट पटक पटक हेर्न नमिल्ने सूचीमा परेको थियो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सोमबार पेशी तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएपछि सुनुवाइ हुन सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button