तपाईँ सुन्दै हुनुहुन्छः

सुनवल नगरमा आयुर्वेद र फिजियोथेरापी सेवा केन्द्र सञ्चालन

नवलपरासी पश्चिम।सुनवल नगरपालिकाले आयुर्वेद र फिजियोथेरापी सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। नगरपालिकाका अनुसार पछिल्लो समय आयुर्वेदप्रति जनचासो बढेपछि यो सेवा सुरु गरिएको हो।

नगरप्रमुख विमला अर्यालका अनुसार सेवा केन्द्रमार्फत स्थानीयलाई सहुलियत प्रदान गरिनेछ। आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध गराइनेछ भने फिजियोथेरापी सेवा लिन एक हप्ताको न्यूनतम शुल्क १ सय रुपैयाँ तोकिएको छ।

नगरप्रमुख अर्यालले स्थानीय विशेषगरी साना बालबालिका बोकेका महिलाहरू र जेष्ठ नागरिकलाई सहज उपचार उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको बताउनुभयो।

करिब १५ लाख रुपैयाँको लागतमा सञ्चालित सेवा केन्द्रमा एक चिकित्सकसहित तीन जना कर्मचारी कार्यरत छन्। आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासीको सहयोगमा सञ्चालनमा ल्याइएको यो केन्द्रलाई अझ व्यवस्थित बनाउने तयारी भइरहेको छ।

नगरप्रमुख अर्यालले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button