सुदूरपश्चिम प्रदेशसभा बैठक जेठ ११ गते आह्वानका लागि सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले यही जेठ ११ गते प्रदेश सभा बैठक आह्वानका लागी प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले जेठ ११ गते प्रदेश सभाको बैठक आह्वानका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव देवानन्द जैशीले बताउनुभयो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रदेश प्रमुखले बैठक आह्वान गर्नु भएपछि प्रदेश सभाको बैठक बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्