तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक:  संसदमा उठेका विषयहरूलाई सम्बोधन हुनेगरी बजेट निर्माण गर्न माग  

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बजेट निर्माणका क्रममा संसद्को भूमिका बढाउन र सांसदहरूका सुझावहरू समेट्नुपर्नेमा जोड दिनुभएको छ । 

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा सांसदहरूले संसदमा उठेका विषयहरूलाई सम्बोधन हुनेगरी बजेट निर्माण गर्न माग गर्नुभएको हो । 

बैठकमा सांसदहरूले करका दायरा विस्तार गर्ने, खर्चमा मितव्ययिता कायम गर्ने, आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताउनुभयो । 

यस्तै सांसदहरूले निर्माणाधीन आयोजनाहरूलाई प्राथमिकता दिन, प्रदेश र स्थानीय तहको भूमिका बढाउन, दिगो विकासका लक्ष्य प्राप्त गर्नेतर्फ ठोस खालका कार्यक्रमहरू ल्याउन, सिँचाइका आयोजनाहरूलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुनेतर्फ बजेटले जोड दिनुपर्ने बताउनुभयो । 

बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफल जारी छ । 

यस अधि बैठकको सून्य समयमा सांसदहरूले निर्माणाधीन विकास निर्माणका योजनाहरूलाई समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै सांसदहरूले भारत–पाकिस्तान तनाव लगायत विभिन्न युद्धको बहानामा दाल, तरकारी लगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाइएकोमा त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन गर्नुपर्ने, विदेशमा अलपत्र परेका नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि पहल गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button