माछा मार्न हिँडेका पुरुष खोलामा मृत फेला
गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीय ज्ञानबहादुर राकस मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार राकस छत्रकोट गाउँपालिकाकै वडा नम्बर १ मा पर्ने बोटेगाउँ रेग्दी छहरामा माछा मार्ने क्रममा मृत भेटिएका हुन् ।
मङ्गलवार बिहान साढे ७ बजे वडिगाड खोलामा स्थानीयले घोप्टो परेको अवस्थामा राकसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा टोली खटिएको छ । शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइदैछ ।
प्रतिक्रिया राख्नुहोस्