तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा रहेका नेपालीलाई आपतकालीन सेवाको पहिचान गर्न अनुरोध

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीलाई आपतकालीन सेवा प्राप्त हुने स्थान पहिचान गर्न अनुरोध गरेको छ । 

नेपाली राजदूतावास, नयाँ दिल्लीले आज ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो । 

भारतको जम्मू–कश्मिर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न राजदूतावासबाट जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button