नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी सुरु
रुपन्देही । नेपाली सेनाको श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले अन्तर्गत युनिटहरूका खेलाडीहरूका बीचमा ‘बाहिनीपति ट्रफी २०८२’ सुरु भएको छ। प्रतियोगिताको बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले उद्घाटन गर्नुभएको थियो। उहाँले प्रतियोगिताले आपसी सम्बन्ध र भाइचारा स्थापित गर्नुका साथै शारीरिक तन्दुरुस्ती समेत वृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी सुरेश थापा, अन्तर्गत युनिटहरूका युनिटपतिहरु, बाहिनी अड्डाका स्टाफ अधिकृत, पदिक, सकल दर्जालगायत सम्पूर्ण विधाका अफिसियलको उपस्थिति थिए ।
राष्ट्रलाई विश्वसामु पहिचान गराउन खेलकुद एक अभिन्न अङ्ग भएकोले नेपाल तथा नेपाली सेनालाई विश्व सामु चिनाउन, खेलकुद क्षेत्रको विकास एवम् विस्तार र खेलकुदको क्षेत्रलाई फराकिलो पार्ने उद्देश्य अनुरुप श्री नं. २२ बाहिनी अड्डा रामनगर ब्यारेक बुटवलले बाहिनीपति ट्रफी आयोजना गरेको हो।
प्रतियोगितामा पहिलो दिन पुरुषतर्फ १०० मिटर दौड र सटपुट एवम् महिलातर्फ १०० मिटर दौड सञ्चालन भएको थियो।
प्रतियोगितामा प्रत्येक युनिटहरूमा छुट्टाछुट्टै विधाहरू फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, जुडो, स्वीमिङ्ग, एथ्लेटिक्स लगायतका खेलहरू यही वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्