तपाईँ सुन्दै हुनुहुन्छः

९५ लाख नगद सहित चार जना पक्राउ

काठमाडौँ । पन्चानब्बे लाख सत्र हजार पाँच सय रुपियाँ नगद सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ ४ बजे काठमाडौँ महानगरपालिका-९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा खानतलासी गर्दा उनीहरूबाट श्रोत नखुलेको नगद सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका-३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोसी नगरपालिका-१ घर भएका वर्ष ४३ को गणेश राई , लमजुङ, दोदी गाउँपालिका -३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र सोही गाउँका वर्ष ३९ को सन्तोष घिमिरे रहेका छन् । 

उनीहरू माथि थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button